विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

Showing posts with label PhotoGalleries. Show all posts
Showing posts with label PhotoGalleries. Show all posts

श्रीअन्तु यात्रा

४ वर्षे वि.एड. आइ.टि.को अन्त्य नेर नेर आइपुग्दा सम्म समेत एउटा पनि डेयरिङ्ग हुन सकेको थिएन अर्थात कलेजबाट टुर जाने भनेर योजना बनाउँदा बनाउँदै पनि समय र परिस्थितिले जाने दिन कहिल्यै जुराएन । सायद कलेजबाट अब हाम्रा लागि टुर जानका लागि समय पनि नमिल्ने पक्का पक्की छ । किनकि परीक्षा निक्कै नजिक आइ सक्यो र हामीले कलेका साथीहरुको टिम भएर अब टुर जान सम्भव छैन् । ४ वर्षे समयमा एउटा टुर जान पनि सफल नभएकाले केटा साथीहरु मिलेर लगभग ३, ४ हप्ता अघिदेखिनै अन्तु डाँडा, ईलाम जाने भनेर मिति तोकियो र झन्डै झन्डै तुहिन लागेको उक्त योजनालाई साकार रुप दिँयौ । जसमा जाने भनिएका केहि साथीहरु छुट्न गए । कलेजका केटा साथीहरुमा घनश्याम दाहाल, कृष्ण ढकाल, पुरन आचार्य, केशव पौडेल, नविन भण्डारी, शुसिल पोख्रेल, महाप्रसाद चापागाई र म (सुमन दाहाल) मध्ये चार जना मात्र साथीहरु घनश्याम, केशव, नविन र म उक्त योजना बमोजिम जान सक्षम भयौं । केरखामा मिति २०७५।०९।२७ गते शुक्रबार चार जना भेला भई  दिउँसो २:०० बजेको समयमा  लगभग ८५ कि.मि. को यात्रामा हामी लाग्यौँ । बानी नपरेको ठाउँ र नयाँ बाटो भएकाले त्यहाँ पुग्न लगभग हामीलाई ३ घण्टा जति लाग्यो । हामी खासै कुनै हतारो मा पनि थिएनौ र सामान्य गतिमा गुड्यौ। श्रीअन्तु रहेको ठाउँ सुर्योदय नगरपालिका अन्तर्गत पर्दो रहेछ । 

(श्रीअन्तु डाँडा बाट देखिएको सुर्योदय । )

लगभग ५ बजे श्रीअन्तु डाँडा तलतिर पुगियो र त्यहाँ रहेको खड्का होमस्टेमा हामी त्यस रात रह्यौ । रोचक त के भो भने २८ गते श्रीअन्तु

शेयर गर्नुहोस्:

रङ्गिविरङ्गि पुतलीहरु::

पुतली! जो थोर बहुत समय एउटा फूलमा रुक्दछ र चाहर्दछ सारा फूलका डालीहरुमा आफ्ना पङ्ख फिजाइ, आफ्ना रङ्गिविरङ्गि रङ्गहरु झल्काई, धेरैका मनहरुलाई चंचल गराई र अन्तमा लज्जा(फूल) लाई थप लज्जित बनाइ ।

पुतलीका यस्तै यस्तै शिलशिला चल्दै गर्दा लिईएका तष्विरहरु मैले यस पोष्ट मार्फत संग्रह गरेर राखेको छु । छोटो समयमा नै विभिन्न रङ्गिविरङ्गि पुतलीहरु र फूलसँगैका पुतलीहरुका तष्विरहरु कैद गर्ने सौभाग्य फूलहरुले जुरायो वा मौसमले  जुरायो त्यो भने थाहा छैन तर जुन सौभाग्य मिलेको छ त्यो गज्जब छ ।

(पुतली नं. १)

Butterfly

बसेर प्यूँदो रस थोर बेर ।

मजा अनौठोसँग मस्त हेर ।।

मर् इशको जो रस बासवाला ।

चाखिरहेको छु चुमेर प्याला ।। – लक्ष्मी प्रसाद देवकोटा

शेयर गर्नुहोस्:

सब्जीका फूलहरु भाग २::

सब्जीका फूलहरु भाग १ का लागि यहाँ क्लिक गर्नुहोस् । यस पोष्टमा प्याज (Onion), खुर्सानी (Chili), तिते करेला (bitter gourd), घिरौला (sponge gourd), चिचिँडो (snake gourd) र गोलभेडा (tomato) का   फूलहरु समेटिएका छन् ।

(Flowers of Onion - प्याजको फूल)


शेयर गर्नुहोस्:

सब्जीका फूलहरु भाग १ ::

यस पोष्टमा गाउँघर वरपर फूलेका विभिन्न सब्जीका फूलहरु संग्रह गरेर राखेको हुँ। केहि समयमै ओइलाइ जाने यी फक्रिएका फूलहरुलाई आँखाले कैद गर्दा गर्दै लोभी मनले लामै समय सम्म कैद गर्ने हठ गरेपछिको चर्तिकला हो यो । “छोटो मिठो" भन्ने अर्थमा यसलाई भिन्न भिन्न भागमा बाँडेको हुँ । आशा छ यो चर्तिकलाले मनमा कोपिला जगाओस् र सेवा भावको काम गरोस् ।


(Flowers of Green Bean – बोडीको फूल)

Green Beans
शेयर गर्नुहोस्:

म हुर्केको गाँउ: बिरवल चौक

जिन्दगी लामो छ, भोग्नु पर्ने कुरा नभोगी सायद सुख छैन । जिवनयापन गर्ने सिलसिलामा अनेकौ ठाउँ पुगिन्छ, भाग्यले भनौ या समयले भिन्नभिन्न ठाउँमा पुर्याउछ । यहि सिलसिलामा कुनै समय हाम्रो बसोबास झापा जिल्लाको साविक कोहबरा गा.बि.स  वडा नं. ८ अन्तर्गत बिरबल चोक भन्ने ठाउँमा भएको थियो । त्यहि ठाउँको झझल्को कहिले काहिँ आइरहन्छ र यहि झझल्को मेट्न मेरो पुरानो गाउँको केहि झलकहरु यस ब्लगमा सङ्ग्रहित गरी राखेको हुँ ।

(मेरो घर छेउमै रहेको पोखरी, जहाँ म कहिले काँही पौडी खेल्नेगर्थे तर आज-भोलि खडेरी लागेर पानी सुक्ने गर्छ ।)

27052012129

शेयर गर्नुहोस्:

पहिलो पुर्खेउली पहाड भ्रमण:

मौरीले बडो मेहेनतले मह संग्रह गर्छ तर त्यो मह आफुले खान नपाइ मान्छेले खोसिदिन्छ । मौरी हाम्रो गुरु हो। जुन चीज भविष्यमा काम लाग्दैन त्यो चीज संग्रह नगर्नु भन्ने सन्देश मौरीले दिन्छ । यो हाम्रो आध्यात्म दर्शन हो । यद्दपी तलका केहि पहाडका दृश्य भविष्यमा काम लागे नलागे पनि पाहाडका केहि सम्झनाहरु यादगार बनाइ राख्न मैले आफ्नो ब्लगमा केहि पहडका तस्बिर संग्रह गरेको हुँ । तलका दृश्य राख्नुको मुख्य कारण मेरो पहिलो पुर्खेउली पहाड भ्रमण हो ।


IMG_0585

शेयर गर्नुहोस्:

नेम्से सम्बन्धि जानकारी लिनुहोस्...

Nepselink is the most trusted NEPSE news aggregator. Never miss any news about Nepal Stock Exchange with us.

नेपाली क्यालेन्डर

Popular Posts

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *