जिन्दगी लामो छ, भोग्नु पर्ने कुरा नभोगी सायद सुख छैन । जिवनयापन गर्ने सिलसिलामा अनेकौ ठाउँ पुगिन्छ, भाग्यले भनौ या समयले भिन्नभिन्न ठाउँमा पुर्याउछ । यहि सिलसिलामा कुनै समय हाम्रो बसोबास झापा जिल्लाको साविक कोहबरा गा.बि.स वडा नं. ८ अन्तर्गत बिरबल चोक भन्ने ठाउँमा भएको थियो । त्यहि ठाउँको झझल्को कहिले काहिँ आइरहन्छ र यहि झझल्को मेट्न मेरो पुरानो गाउँको केहि झलकहरु यस ब्लगमा सङ्ग्रहित गरी राखेको हुँ ।
(मेरो घर छेउमै रहेको पोखरी, जहाँ म कहिले काँही पौडी खेल्नेगर्थे तर आज-भोलि खडेरी लागेर पानी सुक्ने गर्छ ।)







