जिन्दगी लामो छ, भोग्नु पर्ने कुरा नभोगी सायद सुख छैन । जिवनयापन गर्ने सिलसिलामा अनेकौ ठाउँ पुगिन्छ, भाग्यले भनौ या समयले भिन्नभिन्न ठाउँमा पुर्याउछ । यहि सिलसिलामा कुनै समय हाम्रो बसोबास झापा जिल्लाको साविक कोहबरा गा.बि.स वडा नं. ८ अन्तर्गत बिरबल चोक भन्ने ठाउँमा भएको थियो । त्यहि ठाउँको झझल्को कहिले काहिँ आइरहन्छ र यहि झझल्को मेट्न मेरो पुरानो गाउँको केहि झलकहरु यस ब्लगमा सङ्ग्रहित गरी राखेको हुँ ।
(मेरो घर छेउमै रहेको पोखरी, जहाँ म कहिले काँही पौडी खेल्नेगर्थे तर आज-भोलि खडेरी लागेर पानी सुक्ने गर्छ ।)
(कुनै बेला बुवाले १४ कट्ठे खेतमा बिरुवा लगाएको ठाउँ जहाँ माटोको ड्याङ उठाएर कदमको बिरुवा लगाइएको थियो अहिले त्यो मासिएको छ र यहाँ पुरानो रुखबाट पलाएका मुनाहरु । )
( १४ कट्ठेको आधा भाग । )
( छिमेकको परम्परागत रुपमा बनाइएका घर । )
( मैले सानो छँदा लगाएको अमलाको बिरुवा । )
( घर पछाडी रहेको पुल, त्यो बाटो हुँदै झापा बाट सिजुवा(मोरङ) जाने गरिन्छ । )
( घरको आँगन मै(छेउमै) रहेको महाराज थान, बिषेश गरि ताजपुरिया/राजवंशी समुदायको पुजा-आजा गर्ने ठाउँ, जहाँ बर्षेनी मेला लाग्ने गर्छ । )
( मेरो पुरानो घर-भिटामा बनेको नयाँ घर । )
( मन्दिरको छेउमै रहेको पिपलको बोट साथै त्यहाँ रहँदा हाम्रो /मेरो खेल्ने ठाउँ । )
No comments:
Post a Comment