मौरीले बडो मेहेनतले मह संग्रह गर्छ तर त्यो मह आफुले खान नपाइ मान्छेले खोसिदिन्छ । मौरी हाम्रो गुरु हो। जुन चीज भविष्यमा काम लाग्दैन त्यो चीज संग्रह नगर्नु भन्ने सन्देश मौरीले दिन्छ । यो हाम्रो आध्यात्म दर्शन हो । यद्दपी तलका केहि पहाडका दृश्य भविष्यमा काम लागे नलागे पनि पाहाडका केहि सम्झनाहरु यादगार बनाइ राख्न मैले आफ्नो ब्लगमा केहि पहडका तस्बिर संग्रह गरेको हुँ । तलका दृश्य राख्नुको मुख्य कारण मेरो पहिलो पुर्खेउली पहाड भ्रमण हो ।
सिलामको बिरुवा…उ बेला बुवा र बुवाका साथी गोठालो जाँदा खाजाका रुपमा यही सिलाम र चामल पानीमा भिजाएर खानु हुन्थ्यो रे!
नुन ढुङ्गो नाम दिइएको रहेछ…खाँदा फिटकिरीको जस्तो स्वाद थियो ।
ढुङ्गे धारा…..प्राय: जसो धानखेतीमा प्रयोग गरिँदो रहेछ ।
पहाडको धानखेती ……….हेर्दै चारै तिर घुमौ घुमौ लाग्ने ।
फर्सी जमिन नछोई यत्रो भएछ ।
त्यो बेलामा बुवाले बनाएको घर अझै पनि रहेछ……थोरै, धेरै Update गरेछन् भन्नु हुन्थयो ।
तमोर खोलो ।
धानको बाला आली मै नुहिजाने, पर्खमाया म पनि उँहि जाने - आमा सुनाउनु हुन्थ्यो ।
No comments:
Post a Comment