विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

श्रीअन्तु यात्रा

४ वर्षे वि.एड. आइ.टि.को अन्त्य नेर नेर आइपुग्दा सम्म एउटा पनि डेयरिङ्ग हुन सकिरहेको थिएन अर्थात कलेजबाट टुर जाने भनेर योजना बनाउँदा बनाउँदै पनि समय र परिस्थितिले जाने दिन कहिल्यै जुराएन । सायद कलेजबाट अब हाम्रा तर्फबाट टुर जानका लागि समय पनि नमिल्ने पक्का पक्की छ । किनकि परीक्षा निक्कै नजिक आइ सक्यो र हामीले कलेका टिम भएर अब टुर जान सम्भव छैन् । ४ वर्षे समयमा एउटा टुर जान पनि सफल नभएकाले केटा साथीहरु मिलेर लगभग ३, ४ हप्ता अघिदेखिनै अन्तु डाँडा, ईलाम जाने भनेर मिति तोकियो र झन्डै झन्डै तुहिन लागेको उक्त योजनालाई साकार रुप दिँयौ जसमा जाने भनिएका केहि साथीहरु छुट्न गए । कलेजका केटा साथीहरुमा घनश्याम दाहाल, कृष्ण ढकाल, पुरन आचार्य, केशव पौडेल, नविन भण्डारी, शुसिल पोख्रेल, महाप्रसाद चापागाई र म (सुमन दाहाल) मध्ये चार जना मात्र साथीहरु घनश्याम, केशव, नविन र म उक्त योजना बमोजिम जान सक्षम भयौं । केरखामा मिति २०७५।०९।२७ गते शुक्रबार चार जना भेला भई  दिउँसो २:०० बजेको समयमा  लगभग ८५ कि.मि. को यात्रामा हामी लाग्यौ । बानी नपरेको ठाउँ र बाटो भएकाले त्यहाँ पुग्न लगभग हामीलाई ३ घण्टा जति लाग्यो । हामी खासै कुनै हतारो मा पनि थिएनौ र नर्मल गतिमा गुड्यौ। श्रीअन्तु रहेको ठाउँ सुर्योदय नगरपालिका अन्तर्गत पर्दो रहेछ । त्यो कुरा पछि त्यहाँ गएर थाहा पायौँ ।

(श्रीअन्तु डाँडा बाट देखिएको सुर्योदय । )

शेयर गर्नुहोस्:

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *

नेपाली क्यालेन्डर

यूट्युव च्यानल