विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

Spreadsheet Calculation (लोक सेवा) - I

लोक सेवा आयोग कम्प्युटर अपरेटर पदका लागि सहयोगी सामग्रीको रुपमा कम्प्युटर अपरेटरको प्रयोगात्मक परीक्षामा सोधिएका Spreadsheet Calculation सम्बन्धी समस्या र त्यसको समाधान यस पोष्टमा प्रस्तुत गरेको छु । आशा छ यस पोष्ट बाट तपाईहरुले केही कुरा लिन पाउनु हुने छ ।

Question No. 1.

Calculate following Salary Sheet:

ENO ENAME DESIG BASIC ALLOWANCE DEDUCTION NET PAY
             
             
             
             

a) Configure DESIG column in such a way that it can’t store than 4 characters. The probable values for DESIG are ADMN, MNGR, ACCT & PEON. [2 marks]

b) Create formula for BASIC so that is is: Rs. 7000 for PEON, RS. 14000 for ACCT, Rs. 18000 for MNGR, RS. 22000 for ADMN [2 marks]

c) ALLOWANCE will be 15% of BASIC if he/she is not ADMIN or MNGR [2 marks]

d) DEDUCTIONS will be 1% of BASIC for PEON and 11% for MNGR and ACCT. For ADMN deduct 15% of BASIC [2marks]

e) Create range names so that you can type =ALLOW-DEDU as formula for NET PAY column. [2 marks]

Solution No. 1.

Microsoft को Spreadsheet Program excel  2007 खोली माथिको जस्तै टेवल बनाउने र ENO र ENAME Fill Up गर्ने ।

a) नम्बर a मा भने बमोजिक चार अक्षर सम्मको मात्र लेख्ने बनाउनका लागि DESIG Field मा भएको चारवटा Row Select गर्ने र त्यस पछिका Steps:

Steps:

- Data tab मा जाने र Data Validation को Drop Down arrow मा Click गर्ने ।

- Drop Down Display का list हरू मध्ये बाट Data Validation मा Click गर्ने । जसबाट Data Validation को Dialog box खुल्छ ।

- Allow List box बाट ‘Text length’ छान्ने, Data मा ‘Less than’ छान्ने र Maximum box मा ‘5’ entry गर्ने ।

-  क्रमश: DESIG Field को चारवटा Column मा ADMN, MNGR, ACCT र PEON Fill up गर्ने ।

b) Formula::  =IF(C2="ADMN",22000,IF(C2="MNGR",18000,IF(C2="ACCT",14000,IF(C2="PEON",7000))))

(याद रहोस् C2 DESIG Field मा रहेको Cell Address हो ।)

c) Formula:: =IF(OR(C2="ADMN",C2="MNGR"),D2,D2+D2*15%)

d) Formula:: =IF(C2="PEON",D2*1%,IF(OR(C2="MNGR",C2="ACCT"),D2*11%,IF(C2="ADMN",D2*15%)))

e) Formula:: =ALLOW-DEDU

‘ALLOW’ नामको Cell Address बनाउनका लागि तलको जस्तै Allowance Field को चारवटा row Select गर्ने र Cell Address Name box मा गई ‘ALLOW’ type गर्ने ।

त्यस्तै ‘DEDU’ नामको Cell Address बनाउनका लागि पनि माथिको ‘ALLOW’ का लागि गरे जस्तै तरिका अपनाउने ।

Cell Addressing

Result::

Question No. 1

Question No. 2.

a) Enter following data in your worksheet and save it as Excel_YourSymbolNumber in your folder in desktop. [2 marks]

Loan Amount 135000
Loan Duration in Years 7
Rate  
Interest  

b) Enter formula for the rate so that it will be 14% if Loan Duration is less than 5 years and Loan Amount is more than one lacks, otherwise it should be 8% [2 marks]

c) Calculate Interest =Loan Amount*Loan Duration*Rate/100 [1 mark]

d) Change the value of Loan Duration as necessary to get 80000 in Interest. [2 marks]

e) Apply thick line boarder around the table and single thin line for the inner lines. [1 mark]

f) Enter “Interest Calculation” as header and set page number at the bottom center of page. [2 marks]

Solutions No. 2.

a) आफ्नो नाम वा कुनै नाम गरेको फोल्डर बनाइ 2 a) मा भने झै एक्सल खोली माथि को जस्तै Table बनाउने र ‘Excel_SymbolNumber’ format मा एक्सल फाइल Save गर्ने  ।

b) Formula: =IF(AND(B1>100000,B2<5),"14","8")

c) Formula: =(B1*B2*B3)/100

d) प्रश्न नं. 2(d) मा भने जस्तो Loan Duration (Year) मात्र परिवर्तन गरी 8000 interest निकाल्नका लागि तलको Steps बमोजिम गर्नुहोला ।

i) Microsoft excel को Data Tab मा जाने ।

ii) What-if-Analysis मा Click गर्ने ।

iii) त्यसपछि ३ वटा List हरु 'Scenario Manager', 'Goal Seek', 'Data Table' मध्ये बाट Goal Seek मा Click गर्ने ।

iv) Goal Seek को Dialog box खुल्नेछ । Goal Seek को Dialog box मा रहेको "Set Cell" box मा Cursor राख्ने र Interest को  result आउने Cell Address ‘B4’  मा Click गर्ने ।

v) “To Value” box मा 80000 लगाउने र “By Changing Cell” box मा Cursor राखी Loan Dura को result आउने Cell Address ‘B2’ मा Click गर्ने .

vi) Ok Button मा Click गर्ने .

vii) पुन Ok Button मा Click गर्ने.

What if analysis

e) Thick Boarder Outside र Thin Boarder inside का लागि .

i) Thick line boarder  Outside का लागि steps: 

- Worksheet मा भएको Data Select गर्ने ।

- Home Tab मा Click गर्ने ।

- Home tab को Font Sub-Tab बाट Borders को drop down button मा click गर्ने ।

- अन्तमा विभिन्न Styles मध्ये बाट Thick Box Boarder मा Click गर्ने ।

ii) Inner Thin line boarder का लागि steps:

- Worksheet मा भएको Data Select गर्ने ।

- Home Tab मा Click गर्ने ।

- Home tab को Font Sub-Tab बाट Borders को drop down button मा click गर्ने ।

- More boarders मा Click गर्ने ।

- त्यसपछि ‘Format’ dialog box खुल्छ . Dialog box मा देखिएको “Line Style” thin छान्ने र Inside Presets मा Click गरी ok गर्ने ।

f) Header मा “Interest Calculation” र Fotter मा “Page number” लगाउनका लागि ।

Header

i) View tab मा click गर्ने ।

ii) Workbook Views Sub-Tab बाट Page Layout Button मा Click गर्ने ।

iii) “Click to add header” मा गई “Interest Calculation” type गर्ने ।

iv) Mouse scroll गरि Page को तल गई “Click to add footer” मा Click गर्ने ।

v) त्यसपछि “Header Footer Element” Sub-Tab मा रहेको “Page Number” button मा Click गर्ने ।

Result:

Result Org No. 2

शेयर गर्नुहोस्:

No comments:

Post a Comment

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *

नेपाली क्यालेन्डर

यूट्युव च्यानल