बि.सं. २०१४ सालमा जन्मेकी आमाले गोठाले जीवनमा रचेका/गाएका झ्याउरे गीतहरुको संगालो ब्लगमा पस्केको छु । हुन त यस प्रकारको पोष्ट पहिले पनि पस्केको थिए । ब्लगको अपुरो ज्ञानले त्यो पोष्ट गुमाउन पुगेँ । कहिले कहिँ आमाले झ्याउरे गीत गुनगुनाउने कारणले गर्दा माथामा पोष्टिने ध्यान आयो । आशा छ यो पोष्टिने नाटकले कुनै दिन केहि पल यादगार र रमाइलो बनाउने छ ।
यता जा भन्छ उता जा भन्छ, केरैको पातैले
न यता जानु न उता जानु, छोरीको जातैले ।।
सुरिला रुखको खिरिलो हाँगो चरीले टेकेको
आमाले हैन, बुवाले हैन भाबीले लेखेको ।।
धाराको पानि धरर गर्छ, कुवाको कुइरह्न्छ
बाहिरी मन मेरो हाँसखेलाई गर्छ, भित्री मन रोइरहन्छ ।।
माथि है बाट को मान्छे झरो, हातैमा तिर बोकी
अर्काको घर म कति बसौँ, मनैमा पिर बोकी ।।
हजुरले दिएको एक बट्टा सिँन्दूर, म सधैँ लाउनेछु
हजुरले ल्याउनु पुतली जस्ती, म माइतै बस्ने छु ।।
बारी रुखो मल गर्दा हुनी हो
कर्म रुखो केहि गर्दा हुँदैनन् ।।
रातो रिवन
गरिबकी छोरी म, दु:खी जीवन ।।
आमाको सम्मान & माया संगालेर राख्न खोज्नु भनेको त निकै राम्रो कुरा नि सुमन भाइ !
ReplyDeleteआहा अनि कति राम्रो लाइन ...
यता जा भन्छ उता जा भन्छ, केरैको पातैले
न यता जानु न उता जानु, छोरीको जातैले ।।
धेरै धेरै धन्यवाद दाइ ।
ReplyDelete