विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

धोती र टोपीको शान

मधेशीमूलका नेपाली साहित्यकार भवानी भिक्षु (वास्तविक नाम भवानीप्रसाद गुप्ता) को तल प्रस्तुत तस्वीरले पुरानो बहुजातियता बीचको नेपालीहरुको एकता दर्साएको छ । यही त हो नेपालीको शान जुन अझै पनि मरेको छैन । यस्ता शान देशमा मात्र हैन विदेशमा पनि यत्रतत्र छरिएर रहेका छन् तर यस्ता शान हेर्ने हाम्रो सोच कुपोषित छ ।Bhawani Bhikshu
त्यस्तै केही समय अघिको कुरा हो । माध्यमिक शिक्षासमेत पूरा नगरी घरपरिवार

र समाज छाडेर बाहिरिएको मधेशमूलकै बालसखाले "ती साला मधेशीहरु भएको ठाउँ" भन्दै आफ्नै गाउँघरको परिवेश र समाज प्रति आक्रोश पोख्दै गर्दा उसप्रति आएको राष्ट्रप्रेम र परिवर्तन मैले महशुस गरें । शब्दले 'मधेशी' भने पनि भित्री भावले आफ्ना गाउँ ठाउँमा भएका कुसंस्कार, कुरीति, संकिर्ण सोच जस्ता समस्याहरु इङ्गित गरिरहेको आभाष हुन आउँथ्यो । जातियताका नाममा एक थोपा रगत नबगाएको सुन्दर देश नेपालमा अहिले आएर कुराजनीतिका कारण बाहिर जातिगत विभेद आएपनि भित्र नेपालीहरुमा जातिगत एकता अझै पनि मझबुत नै छ । धोती र टोपीको बहाना खोजी आपसी सद्भाव भड्काउने विचार भन्दा स्कूले जीवनबाट वञ्चित भएर पनि परिवर्तन चाहने र सद्भाव जगाउने  सुविचार पनि नेपालीको शान हो । यही शान नै नेपाली हो जसले विश्व हल्लाउन सक्छ  ।

शेयर गर्नुहोस्:

No comments:

Post a Comment

नेम्से सम्बन्धि जानकारी लिनुहोस्...

Nepselink is the most trusted NEPSE news aggregator. Never miss any news about Nepal Stock Exchange with us.

नेपाली क्यालेन्डर

Popular Posts

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *